नियम १२
सम्पत्ति बा साघन नष्ट गर्नु पर्ने;
(१) विभाग वा कार्यालयले ऐनको-दफा ११ बमोजिम जफत भएको कुनै सम्पत्ति वा साधनमध्ये ऐनको दफा २० को उपदफा (८) बमोजिम लिलाम बिक्री हुन नसकेका, सार्वजनिक हित वा जनस्वास्थ्यको दृष्टिले प्रयोगमा ल्याउन नहुने भई नष्ट गर्नु पर्ने देखिएका, प्रचलित कानून बमोजिम नष्ट गर्नु पर्ने भनी उल्लेख भएका, सडिगली नष्ट भई जाने प्रकृतिका सम्पत्ति वा साधन नष्ट गर्न सक्नेछ । (२) उपनियम (१) बमोजिम सम्पत्ति वा साधन नष्ट गर्दा विभागले भए महान्यायाधिवक्ताको कार्यालय, “महालेखा नियन्त्रकको कार्यालय र प्रहरी प्रधान कार्यालयको प्रतिनिधिको रोहबरमा र कार्यालयले भए सम्बन्धित सरकारी वकील कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय र जिल्ला प्रहरी कार्यालयको प्रतिनिधिको _ रोहबरमा नष्ट गर्नु पर्नेछ ।

(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो सम्पत्ति वा साधनको कनै भाग पुन प्रयोग गर्न सकिने वा लिलाम बिक्री हुन सक्ने भएमा त्यस्तो भाग छुट्याई बाँकी भाग मात्र नष्ट गर्नु पनेछ ।

(४) उपनियम (१) वा (३) बमोजिम कुनै सम्पत्ति वा साधन नष्ट गर्नुअघि त्यस्तो सम्पत्ति बा साधनको नाम, परिमाण, अनुमानित मूल्य, त्यस्तो सम्पत्ति वा साधनको धनी वा प्राप्त गरिएको स्रोत र मिति समेत खुलाई मुचुल्का तयार गरी राख्नु पर्नेछ ।

(५) उपनियम (४) बमोजिम तयार गरिएको मुचुल्काको प्रति बिभागले भए सम्बन्धित अदालतमा र कार्यालयले भए विभाग र सम्बन्धित अदालतमा समेत पढाउनु पर्नेछ ।